जुलाईमा चीनको विदेशी मुद्रा सञ्चिति ३१ खरब अमेरिकी डलर बराबर
2022-08-08 14:58:04CRI
Share with:

चालु वर्षको जुलाईको अन्त्यसम्म चीनको विदेशी मुद्रा सञ्चितिमा संलग्न रकम ३१ खरब अमेरिकी डलर पुगेको छ। यो जुन महिनाको दाँजोमा १.०७ प्रतिशतले बढेको छ। चीन राष्ट्रिय विदेशी मुद्रा प्रशासन व्यूरोले ७ तारिख जारी गरेको तथ्याङ्कमा उक्त जानकारी उल्लेख गरिएको हो। चालु वर्षको जुलाईमा, चीनको विदेशी मुद्रा बजार समष्टिगत रूपमा स्थिर रहेको छ साथै देशभित्र विदेशी मुद्रा आपूर्ति र माग मूलतः सन्तुलित छ। 

चीन राष्ट्रिय विदेशी मुद्रा प्रशासन व्यूरोका उपनिर्देशक तथा प्रवक्ता वाङ छुनयीङले जानकारी दिए अनुसार, वर्तमान विश्व आर्थिक अवस्था चुनौतीपूर्ण छ। अस्थिरता र अनिश्चितता स्पष्ट रूपमा बढेको र अन्तर्राष्ट्रिय वित्तीय बजारमा उतारचढाव देखिएको छ। तापनि चीनले महामारी रोकथाम र नियन्त्रण एवम् आर्थिक र सामाजिक विकासलाई प्रभावकारी रूपमा समन्वय गरिरहेको छ।

अर्थतन्त्रमा ठूलो लचिलोपन, ठूलो निहित शक्ति र पर्याप्त जीवन शक्ति देखा परेको छ। दीर्घकालीन रूपमा राम्रो दिशातिर जाने प्रवृत्ति परिवर्तन नहुने भएबाट विदेशी मुद्रा सञ्चितिले समग्र स्थिरतामा टेवा दिँदैजाने पनि बताइएको छ।