सन् २०२२ "बेल्ट एण्ड रोड" मिडिया सहयोग मञ्च आयोजित
2022-08-09 15:02:26CRI
Share with:

"बेल्ट एण्ड रोड" मिडिया सहयोग मञ्च अगष्ट ९ तारिख चीनको वल्लो शान्सी प्रान्तीय सदरमुकाम सिआनमा आयोजना भएको छ। 

मञ्चमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा पार्टी केन्द्रीय समितिको प्रचार विभागका प्रमुख ह्वाङ खुनमिङले भिडियोमार्फत सम्बोधन गर्नुभएको छ।

"विश्वव्यापी विकासमा केन्द्रित सम्पर्क तथा कनेक्टिभिटीमा ध्यान" भन्ने मुख्य विषयसूची भएको यस मञ्चमा विश्वका ४० भन्दा बढी देश तथा अन्तर्राष्ट्रिय संस्थाका १२० भन्दा बढी चिनियाँ तथा विदेशी सञ्चार माध्यमका प्रतिनिधिहरूले अनलाइन तथा अफलाइनको माध्यमबाट भाग लिएका छन्।

सम्बोधनमा ह्वाङले भन्नुभयोः "बेल्ट एण्ड रोड" अवधारणा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले प्रस्तुत गर्नुभएयता सम्बद्ध मुलुकमा पूर्वाधार जोड्ने प्रक्रियामा गतिशीलता दिएको छ। साथै विभिन्न देशहरूसँगको नियम र मापदण्ड समायोजन गर्ने प्रक्रियामा पनि उल्लेखनीय परिणाम हासिल भएको छ। यसै क्रममा "बेल्ट एण्ड रोड" लोकप्रिय अन्तर्राष्ट्रिय सहयोग मञ्च बनेको छ।

भविष्यमा "बेल्ट एण्ड रोड" को संयुक्त रूपमा उच्च गुणस्तरिय निर्माणकालागि मिडिया साथीहरूले योगदान दिँदैजाने आशा पनि ह्वाङले व्यक्त गर्नुभयो।