"थाइवान प्रश्न र नयाँ युगमा चीनको पुनर्मिलन" श्वेतपत्र सार्वजनिक
2022-08-10 11:24:24CRI
Share with:

चीनको राज्य परिषद थाइवान मामिला कार्यालय र प्रेस कार्यालयले अगष्ट १० तारिख " थाइवान प्रश्न र नयाँ युगमा चीनको पुनर्मिलन" शीर्षकको श्वेतपत्र सार्वजनिक गरेको छ। थाइवान चीनको एक भाग हो भन्ने तथ्य र वास्तविक अवस्थालाई सो श्वेत पत्रमा पुनर्पुष्टि गरिएको छ। मातृभूमिको पुनर्मिलनको लागि चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताको दृढ इच्छाशक्ति र निश्चिततालाई पनि प्रदर्शन गरिएको छ। साथै नयाँ युगमा मातृभूमिको पुनर्मिलनको कार्यान्वयनलाई अघि बढाउन चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारको अडान तथा नीतिहरूलाई पनि स्पष्ट रूपमा व्याख्या गरिएको छ। 

श्वेतपत्रमा औंल्याइएको छः विश्वमा एउटा मात्र चीन छ र थाइवान चीनको एक अभिन्न भाग हो भन्ने ऐतिहासिक र कानुनी तथ्यमा कुनै शंका छैन। विगत ७० वर्षयता, विशेष गरी थाइवान जलडमरूका दुई किनारा बीचको सम्पर्क पुनर्स्थापना भएपछि, आपसी सम्बन्धमा फड्को मारिएको छ जसबाट के प्रष्ट्याइएको छ भने दुई किनारा बीच शान्ति भएको बेला दुई पक्षलाई फाइदा हुन्छ र पारस्परिक सहयोगमा साझ जीत पाउँछन्। 

डीपीपी (डेमोक्रेटिक प्रोगेसिभ पार्टी) पार्टी सत्ताको "स्वतन्त्रता" पक्षधर कार्यहरूले गर्दा थाइवान जलडमरू तनावपूर्ण बनेको छ जसबाट थाइवान जलडमरूको शान्ति र स्थिरतामा खतरा ल्याइएको छ। साथै शान्तिपूर्ण पुनर्मिलनको भविष्यलाई भङ्ग पारिएको छ भन्ने पनि सो श्वेतपत्रमा उल्लेख गरिएको छ। बाह्य शक्तिले "थाइवान स्वतन्त्रता" पृथकतावादी शक्तिलाई उत्तेजित पारेबाट थाइवान जलडमरूको परिस्थिति अझै तनावपूर्ण पारिनुका साथै एसिया-प्रशान्त क्षेत्रको शान्ति र स्थिरतालाई पनि भङ्ग पारिएको छ। यस्तो गतिविधि नै शान्ति, विकास र साझा जीत पाउने भन्ने युगको प्रवृत्तिसँग विपरित छ साथसाथै अन्तर्राष्ट्रिय समुदाय र विश्वका विभिन्न मुलुकका जनताको अपेक्षा विपरित भएको पनि जनाइएको छ। 

श्वेतपत्रमा यसरी भनिएको छः "शान्तिपूर्ण पुनर्मिलन र एक देश दुई व्यवस्था" थाइवान प्रश्नको समाधान गर्ने आधारभूत नीति हो र राष्ट्रिय पुनर्मिलन हासिल गर्ने उत्तम तरिका पनि हो।" शान्तिपूर्ण पुनर्मिलनका लागि सम्भावनाका इच्छा हामीसँग छ तर विभिन्न प्रकारका "थाइवान स्वतन्त्रता" पृथकतावादी गतिविधिका लागि हामी केही ठाउँ पनि राख्ने छैनौँ। थाइवान जलडमरूको शान्तिपूर्ण पुनर्मिलन हासिल गर्नु नै चिनियाँ राष्ट्र तथा चिनियाँ जनताका लागि मात्र होइन, अन्तर्राष्ट्रिय समुदाय र विश्वका विभिन्न मुलुकका जनताका लागि पनि हित कल्याण ल्याइने विश्वास सो श्वेतपत्रमा औंल्याइएको छ।