वाङ यी र नेपालका परराष्ट्र मन्त्री नारायण खड्काबीच भेटवार्ता
2022-08-11 11:10:53cri
Share with:

चीनको राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले अगष्ट १० तारिख शान तोङ प्रान्तीय छिङताउ शहरमा चीनको भ्रमणमा रहनुभएका नेपालका परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटवार्ता गर्नुभएको छ। वाङले चीनले नेपालसँग मिलेर राष्ट्राध्यक्ष सी चिनफिङको नेपालको ऐतिहासिक भ्रमणमा प्राप्त गरेको प्रशस्त उपलब्धिलाई व्यवहारमा उतार्ने, “बेल्ट एण्ड रोड” को संयुक्त रुपमा निर्माण गर्ने, चीन र नेपालको परम्परागत मित्रताको निरन्तरता, दुई मुलुकको सम्बन्धको विकासमा नयाँ भविष्य खडा गर्ने बताउनुभएको छ।

वाङ यीले चीनले नेपाललाई सर्वभौमिकताको स्वतन्त्रता र भूभागको अक्षुण्णताको संरक्षण गर्न समर्थन दिने, नेपाललाई राष्ट्रिय अवस्था अनुकूल हुने विकास बाटोको अन्वेषण गर्न समर्थन दिने, नेपाली जनताको जीवनको सुधार र समग्र देशको विकास तथा उदयकालागि समर्थन दिने पनि बताउनुभयो।

नेपालका परराष्ट्र मन्त्री खड्काले नेपालले एक चीनको नीतिको दृढताका साथ पालना गरेको, नेपाली भूभाग चीन विरोधी र चीनको हितलाई हानी पुर्‍याउने जुनसुकै गतिविधि गर्न विरोध गरेको बताउनुभयो। उहाँकाअनुसार, नेपालले तिब्बत, सिन्च्याङ, हङकङआदि आन्तरिक मामिलामा चीनको अडानलाई समर्थन दिएको छ। नेपालले शान्तिपूर्ण सहअस्तित्वको पाँच सिद्धान्तको पालना गरेको छ। नेपालले निरन्तर रुपमा चीनसँग उभिएर बहुपक्षीयताको कार्यान्वयन गर्ने छ।

वाङ यीले नेपालका सबै सरकारले एक चीनको नीतिको पालना गरेकोमा चीनले प्रशंसा गरेको तथा विदेश मन्त्री खड्काले एक चीनको नीति दोहोर्‍याउनुभएकोमा प्रशंसा गर्नुभयो।

खड्काले नेपालमा गएको भयङ्कर भूकम्प, पेट्रोल अभावको तनावपूर्ण स्थितिमा चीनले नेपाललाई सहायता दिएकोमा कृतज्ञता व्यक्त गर्नुभयो। वाङ यीले चीनले निरन्तर रुपमा नेपाललाई प्रकोपको उद्धार र चिकित्सा सामग्री सहायता दिने पनि बताउनुभयो।

वाङ यीकाअनुसार, चीन-नेपालको अन्तर्देशीय रेलमार्गको सम्भाव्यता अनुसन्धानको समर्थन दिन नेपाललाई रकम सहायता दिने तथा चालु वर्षभित्र नेपालमा विशेषज्ञ पठाउने पनि औँल्याउनुभयो।