एक चीन नीतिमा अडिग रहेको
2022-08-11 17:49:05cri
Share with:

अगष्ट २ तारिख अमेरिकी प्रतिनिधिसभाका सभामुख नान्सी पेलोसीले चीनको कडा विरोध र अडानलाई बेवास्ता गरी चीनको थाइवान क्षेत्रको भ्रमण गरेबाट एक चीन नीति र चीन-अमेरिका तीन वटा संयुक्त विज्ञप्तिको नियमसँग विपरीत भएको छ। चीनले त्यसको कडा विरोध र निन्दा गर्नुका साथै अमेरिकासँग कडा कुराकानी र विरोध गरेको छ।

त्यसपछि चीनको राष्ट्रिय जन काँग्रेस, चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन, परराष्ट्रमन्त्रालय, रक्षामन्त्रालय, केन्द्रीय थाइवान कार्यालयलगायत विभागले वक्तव्य प्रकाशित गरी कडा विरोध र निन्दा गरेका छन्। चीनको राज्य परिषदका सदस्य एवम् परराष्ट्रमन्त्री वाङ यीले थाइवान जलडमरूको शान्तिको आधार एक चीन नीति हो भन्दै चीनको एकीकरण महाकार्यको विरोध गर्ने सपना नगर्न अमेरिकालाई चेतावनी दिनुभयो। अगष्ट २ तारिख राति चीनका उप-परराष्ट्रमन्त्री स्येफङले चीनका लागि अमेरिकी राजदूत निकोलास बर्न्सलाई बोलाएर चीन सरकारको तर्फबाट अमेरिकालाई कडा कुराकानी र विरोध गर्नुभयो। साथै अमेरिकाका लागि चीनका राजदूत छिन काङले चीनको राष्ट्रिय सार्वभौमिकता र भूभागको अखण्डताको दृषताका साथ संरक्षण गर्नु नै १.४ अर्ब चिनियाँको दृढ इच्छाशक्ति हो भने उक्त जन विचारसँग विपरीत हुने कुनै पनि गतिबिध पक्कै विफल हुने दोहोर्याउनुभयो।

 

विश्वमा एक चीन मात्र छ भने थाइवान चीनको भूभागको अविच्छिन्न एक अंश हो, जन गणतन्त्र चीन सरकार समस्त चीनको प्रतिनिधि गर्ने एक मात्र वैधानिक सरकार हो। सन् १९७१ मा संयुक्त राष्ट्र संघीय महासभाको नं २७५८ निर्णयले त्यसबारे स्पष्ट रूपमा निश्चित गरेको थियो। सन् १९४९ जन गणतन्त्र चीन स्थापना भएयता १८१ वटा मुलुकले एक चीन नीतिको आधारमा चीनसँग कुटनीतिक सम्बन्ध स्थापना गरेका थिए। एक चीन नीति नै अन्तर्राष्ट्रिय समूहको साझा सहमत र अन्तर्राष्ट्रिय सम्बन्ध आधारभूत नियम हो।

 

पेलोसीले जे पनि वेवास्ता गरी थाइवानको भ्रमण गरेबाट विभिन्न मुलुकको कडा निन्दा गरिएको छ भने उनीहरूले एक चीन नीतिमा अडिग रहनुपर्ने दोहोर्याएका छन्। अगष्ट २ तारिख रूसी विदेशमन्त्रालयले वक्तव्य प्रकाशित गरी पेलोसीको थाइवान भ्रमणलाई सार्वजनिक उत्तेजक रूपमा राखेको व्यक्त गरेको छ। थाइवान विषय सम्पूर्ण रूपमा चिनियाँ आन्तरिक मामिला हो भने विश्वमा एक चीन मात्र छ, थाइवान चीनको अविच्छिन्न भूभाग हो, जन गणतन्त्र चीन सरकार समस्त चीन प्रतिनिधित्व गर्ने एक मात्र वैधानिक सरकार हो भन्ने कुरामा उक्त वक्तव्यले जोड दिएको छ। तोमिची भाषणको विरासत र विकास समितिका अध्यक्ष फुचिताले अमेरिकी पूर्व राष्ट्रपति निक्सनको अवधिमा थाइवान चीनको एक भागको रूपमा स्वीकार गरिसकेको थियो भने वर्तमान प्रतिनिधिसभाले यति महत्वपूर्ण राजनीतिज्ञको थाइवान क्षेत्रको भ्रमणलाई स्वीकार गरेबाट चीनलाई उत्तेजक गरिएको छ र एशियामा तनावपूर्ण स्थितिलाई बढाइनेछ जुन निकै धेरै मूर्ख र अस्वीकार्य व्यवहार हो भन्ने कुरा दोहोर्याउनुभयो। साथै पाकिस्तान, इरान, उत्तर कोरिया, क्यूबा, भेनेजुएला, सिरिया, प्यालेष्टाइन, निकारागुआ, कम्बोडियालगायत मुलुकले पनि चीनको सार्वभौमिकतालाई अतिक्रमण गरेको अमेरिकी गतिबिधिलाई विरोध गर्नुका साथै एक चीन नीतिमा अडिग रहेको दोहोर्याएका छन्।

 

विश्वमा एक चीन मात्र छ, चीनको एकीकरण महाकार्य रोक्न नसकिने ऐतिहासिक प्रवृत्ति हो। चीनका परराष्ट्रमन्त्री वाङ यीले भन्नुभएको झैँ अमेरिकाको सहयोगमा तथाकथित थाइवान स्वतन्त्रता पक्कै विफल छ, थाइवानलाई प्रयोग गरी चीनलाई नियन्त्रण गर्ने पनि अवश्य नै असफल छ।