लिथुआनियाका उच्च पदाधिकारीको थाइवान भ्रमणप्रति चीनको कडा विरोध
2022-08-11 19:08:05CRI
Share with:

   लिथुआनियाका यातायात तथा सञ्चार उपमन्त्रीको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले अगष्ट ७ तारिख थाइवान क्षेत्रको पाँच दिने भ्रमण गरेको छ। चीनको आन्तरिक मामिलामा हिँसात्मक हस्तक्षेप गरेको यस गतिविधिप्रति चीनले कडा विरोध तथा निन्दा गर्दछ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले अगष्ट ११ तारिख नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। उहाँले जोड दिनुभएअनुसार एक चीनको नीति अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत सिद्धान्त हो भने लिथुआनिया लगायत सबै मुलुकबीचको द्विपक्षीय सम्बन्धको विकासको राजनीतिक आधार पनि हो। लिथुआनिया सरकारले थाइवान क्षेत्रसँग सरकारी सम्बन्ध र आदानप्रदान स्थापना नगर्ने बचनबद्धता गरेता पनि पटक पटक उक्त बचनबद्धतालाई उल्लङ्घन गरेको छ। चीनले यस्ता कार्यको कडा प्रतिक्रिया दिने गरेको छ।