विश्वव्यापी सर्वेक्षणमा अमेरिकाप्रति ६ प्रतिशतको मात्र विश्वास
2022-08-11 16:52:17CRI
Share with:

चाइना मिडिया ग्रुपको सीजीटीएन र चीनको जन विश्वविद्यालयको संयुक्त आयोजनामा  गरिएको "नयाँ युगमा चीन" शीर्षकको विश्वव्यापी जनमत सर्वेक्षण अनुसार, अमेरिकाले विश्वमा प्रभुत्व कायम गर्ने कुरामा विश्वव्यापी उत्तरदातामध्ये ६.३१ प्रतिशत मात्रले विश्वास गरेका छन्। 

विश्वका ५ महाद्वीपका २२ देशमा गरिएको विश्वव्यापी जनमत सर्वेक्षणबाट उक्त नतिजा प्राप्त भएको हो। सर्वेक्षणमा सहभागी उत्तरदाताहरूमा अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, जापान लगायतका विकसित देशहरूका साथै भारत, पाकिस्तान, इजिप्ट, र दक्षिण अफ्रिका जस्ता विकासोन्मुख मुलुकहरूका पनि थिए। सर्वेक्षणमा शासन व्यवस्था र अन्तर्राष्ट्रिय आदानप्रदानमा चीनले प्रस्तावित गरेका मूल्यहरूसँग अधिकांश उत्तरदाताहरू पूर्ण रूपमा सहमत छन्।