चीनको राज्य परिषद्का सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीद्वारा सञ्चारमाध्यमलाई अन्तर्वार्ता
2022-08-12 15:09:28cri
Share with:

चीनको राज्य परिषद्का सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले हालै पूर्वी एशिया सहयोगसम्बन्धी श्रृंखलाबद्ध विदेशमन्त्री सम्मेलनमा भाग लिएर कम्बोडिया, बङ्गलादेश र मङ्गोलियाको भ्रमण गरी छिङ ताउ सहरमा दक्षिण कोरियाली विदेश मन्त्री र नेपालका विदेश मन्त्रीसँग भेटघाटपछि अगस्ट ११ तारिख सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिनुभएको छ।

नेपाली विदेशमन्त्री नारायण खड्कासँग के कस्तो सहमति जनाएको भन्ने प्रश्नको जवाफमा उहाँले चीन नेपाल पहाड र नदी जोडिएको मैत्रीपूर्ण छिमेकी हुनुका साथै आपसी सहयोग र संयुक्त विकास गर्दैएका साझेदारी रहेको भन्दै दुई पक्षले महत्त्वपूर्ण सहयोग सहमति जनाएको बताउनुभएको छ।

दुई पक्षले उच्च गुणस्तरमाबेल्ट एण्ड रोडको संयुक्त निर्माण गर्ने, चीन नेपाल रेलमार्ग सम्भाव्यता अध्ययनलाई अघि बढाउने, बिजुली पूर्वाधार निर्माणको सहयोगलाई सबल पार्ने, काठमाडौँको चक्रपथ सुधार आयोजनाको दोस्रो चरणको निर्माणलाई छिट्टै सुरू गर्ने, तथा चीनले नेपालका ९८ प्रतिशत उत्पादनलाई शून्य करको छुट दिने साथसाथै नेपालबाट चीनमा चिया, जडीबुटी र कृषि तथा पशुपालन उत्पादन निर्यातको परिमाणलाई विस्तृत पार्ने कदम चाल्ने सहमति भएको मन्त्री वाङले जानकारी दिनुभएको छ।