जापानले अतिक्रमणकारी इतिहासलाई मान्यता नदिएको कुरालाई पट्टकै अस्वीकार
2022-08-15 16:35:46cri
Share with:

सन् १९४५ को अगष्ट १५ तारिख जापानले चीनसमक्ष बिनाशर्त समर्पण गर्ने घोषणा गरेको सम्झनामा स्मृत्ति दिवस मनाइन्छ। अधिकांश प्रमाण र तथ्यको बावजुद केही जापानी शक्तिले ऐतिहासिक विषयका सम्बन्धमा आफ्नो गलत सोचाइलाई कायम राख्नुका साथै पटक पटक अतिक्रमणकारी इतिहासलाई अस्वीकार गरेको देखिन्छ। साथै, इतिहासलाई बङ्ग्याएर त्यसलाई आफ्नो पक्षमा पार्न खोजेको देखिन्छ। एशियाली मुलुकका धेरै पत्रकार तथा विशेषज्ञहरूले जापानको त्यस कारवाई निकै खतरनाक भएकाले त्यसलाई अस्वीकार गर्ने ठहर गरेका छन्।

 

सिंगापुरमा बस्नुभएका मलेसियाली वरिष्ठ सम्वाददाता चोङ थेन स्याङका अनुसार, बितेका केही वर्षयता जापानी बामपन्थीका केही राजनीतिज्ञहरूले युद्ध अपराधको निष्ठापूर्वक सोच विचार गरेका छैनन्, बरू उनीहरूले शान्तिपूर्ण संविधानको संशोधन गर्न र सैन्य खर्चलाई बढाउन खोजेका छन्। दोस्रो युद्धपछिको अन्तर्राष्ट्रिय परिपाटीलाई परिवर्तन गर्ने उनीहरूको कुचेष्टा रहेको छ। त्यो कारवाईप्रति सतर्कता हुनुपर्छ। शान्तिप्रेमीहरूले त्यो दुःखद इतिहास पुन: हेर्न चाहेका छैनन्।