इजिप्टमा गएको आगलागीको घटनाप्रति चिनियाँ राष्ट्राध्यक्ष सीको शोक सन्देश
2022-08-16 18:42:41cri
Share with:

अगस्ट १६, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले इजिप्टको चर्चमा भएको आगलागीको सम्बन्धमा इजिप्टका राष्ट्रपति अब्देल फताह अल अल-सिसीलाई शोक सन्देश पठाउनुभएको छ।

सन्देशमा सीले यसरी भन्नुभएको छः इजिप्टको एक चर्चमा भएको आगलागी घटनामा ठूलो हताहत भएको थाहा पाएपछि चीन सरकार र चिनियाँ जनताको तर्फबाट एवम् र आफ्नै व्यक्तिगत रूपमा, पीडितहरूप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छु, पीडित परिवार र घाइतेहरूका परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु। दुर्घटनामा परेर घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।