चीन र उज्ज्वेकिस्तानबीच अन्तरसरकारी सहयोग समितिको छैटौं बैठकको आयोजना हुने
2022-08-17 19:39:42cri
Share with:

चीन र उज्ज्वेकिस्तानको सहमतिमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य एवम् केन्द्रीय राजनीति तथा कानून समितिका सचिव एवम् चीन-उज्ज्वेकिस्तान अन्तरसरकारी सहयोग समितिका चिनियाँ अध्यक्ष गो शङखुनले १८ तारिख उज्ज्वेकिस्तानका प्रधानमन्त्री एवम् समितिका उज्ज्वेकिस्तानका अध्यक्षसँग भिडियोमार्फत् चीन-उज्ज्वेकिस्तान अन्तरसरकारी सहयोग समितिको छैटौं बैठकको सह-अध्यक्षता गर्नुहुनेछ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपनिले १७ तारिख उक्त घोषणा गर्नुभएको हो।