चीन-अफ्रिका सहयोग मञ्चको बैठकको अध्यक्षता चिनियाँ परराष्ट्र मन्त्रीले गर्नुहुने
2022-08-17 19:44:26cri
Share with:

चीन-अफ्रिका सहयोग मञ्चका संयुक्त अध्यक्ष मुलुक चीन र सेनेगलको प्रस्तावमा चीन-अफ्रिका सहयोग मञ्चको आठौं मन्त्रिस्तरीय सम्मेलनका उपलब्धि कार्यान्वयन गर्ने संयोजकहरूको बैठक अगष्ट १८ तारिख भिडियो कन्फरेन्सको रूपमा आयोजना हुने भएको छ। उक्त जानकारी चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले अगष्ट १७ तारिख दिनुभएको हो। चीन राज्य परिषद्का सदस्य तथा परराष्ट्र मन्त्री वाङ यीले सो बैठकमा भाग लिनुभई भाषण दिनुहुने कार्यक्रम छ। अफ्रिकी लिग शिखर सम्मेलनका कार्यकारी बोर्डका सदस्य सेनेगल, कङ्गो (डीआरसी), लिबिया, अंगोलाले भाग लिने छन्। साथै इथियोपिया, इजिप्ट, दक्षिण अफ्रिका, मन्त्रीस्तरीय प्रतिनिधि र अफ्रिकन युनियन कमिटीका प्रतिनिधि पनि सो बैठकमा सहभागी हुनेछन्।