चीन र अमेरिकाबीच "अगस्ट १७" विज्ञप्ति प्रकाशित भएको ४०औं वार्षिकोत्सव
2022-08-17 17:25:18cri
Share with:

अगस्त १७ तारिख, चीन-अमेरिका "अगस्त १७" विज्ञप्तिको प्रकाशन भएको ४०औं वार्षिकोत्सव हो। अमेरिकाले एक चीन भन्ने सिद्धान्तलाई यथावत रूपमा कार्यान्वयन गर्दै एक चीन सिद्धान्तलाई झुटो र खोक्रो सिद्ध गर्नेजस्तो गलत बाटोमा अघि नबढ्ने आशा चीनले लिएको छ। सोही दिन चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले यसै इतिहासबाट चीन-अमेरिका सम्बन्धको लागि ल्याइने ऐतिहासिक अनुभव र पाठहरूबारे चर्चा गर्दा उक्त कुरा भन्नुभएको हो।

वाङले अगाडि भन्नुभयोः अमेरिकाले एक चीन भन्ने सिद्धान्तको कार्यान्वयनमा, थाइवानसँगको आधिकारिक आदानप्रदानमा लगाइएको प्रतिबन्धहरूलाई खुकुलो पार्दै अमेरिका र थाइवानबीचको सैन्य सम्पर्कलाई बढाइरहेको छ। साथै थाइवानलाई अमेरिकी हतियार बेच्ने परिमाण र प्रदर्शनलाई पनि बढाइरहेको छ। केही समयअघि अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनको विरोधकाम बाबजुद थाइवानको भ्रमण गर्दै थाइवानसँग अनौपचारिक सम्बन्धको विकास गर्ने अमेरिकी प्रतिबद्धताको स्पष्ट रूपमा उल्लङ्घन गर्नुभयो। यसै क्रममा अमेरिकाले एक चीन भन्ने सिद्धान्तलाई खाली र खोक्रो बनाउने काम जारी राखेको छ।

एक चीन भन्ने सिद्धान्तबारे चर्चा गर्दै वाङले यसरी भन्नुभयोः एक चीन सिद्धान्त चीन र अमेरिकाबीचको आदानप्रदानको पुनर्स्थापना तथा आपसी सम्बन्धको विकासको राजनीतिक आधार हो। तथ्यबाट प्रमाणित भइसक्यो कि एक चीन भन्ने सिद्धान्तको समर्थन गर्दा चीन-अमेरिका सम्बन्ध सहज रूपमा विकास भएको छ र थाइवान जलडमरूको शान्तिमा प्रभावकारी रूपमा ग्यारेन्टी गरिएको छ। यसै सिद्धान्तलाई भङ्ग पारिएको छ, चीन-अमेरिका सम्बन्धमा उतारचढाव देखापरेको छ र थाइवान जलडमरूको परिस्थितिमा पनि गम्भीर चुनौतीहरू देखापरेका छन्।