नयाँ चीनको उद्योगको उद्गम
2022-08-19 15:36:54cri
Share with:

अगस्ट १६ तारिख दिउँसो चीनका सर्वोच्च नेता सी चिनफिङले उत्तरपूर्वी चीनमा अवस्थित ल्याउनिङ प्रान्तीय चिनचौ सहरको निरीक्षण गर्दा उत्तरपूर्वी क्षेत्रको पुनरुत्थानमा विश्वस्त भएको औंल्याउनुभयो।

उत्तरपूर्वी क्षेत्र नयाँ चीनसँगै विकास भएको आर्थिक क्षेत्र हो। जन गणतन्त्र चीनको स्थापना भएको, लामो समयदेखि नै चीनको महत्त्वपूर्ण कच्चा पदार्थ, उपकरण उत्पादन र भारी रासायनिक उद्योगको उत्पादन आधारको रूपमा उत्तरपूर्वी क्षेत्रले सेवा गर्दै आएको छ। चीनको आधुनिकीकरण प्रक्रियामा, उत्तरपूर्वी क्षेत्र, नयाँ चीनको उद्योगको उद्गमको रूपमा शानदार पाना कोरेको छ।

गरीब देशको टोपी फुकाल्न सघाउने ताछिङ तेलखानी

चीनको सबैभन्दा ठूलो तेलखानीको रूपमा, ताछिङ तेलखानीको विकास र निर्माणले चीनको आधुनिक तेल उद्योग प्रणालीको स्थापनामा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। सन्२०२१मा, ताछिङ तेलखानीबाट उत्पादित तेल र ग्याँस उत्पादन मात्रा ४.३ करोड टन भन्दा बढी भयो। ती मध्ये, कच्चा तेलको वार्षिक उत्पादन ३ करोड टन थियो। ताछिङ तेलखानीबाट प्रभावकारी रूपमा चीनको राष्ट्रिय ऊर्जा सुरक्षाको प्रभावकारी संरक्षण तथा राष्ट्रिय अर्थतन्त्रको विकासको समर्थन गरिएको छ।

नयाँ चीनको अटो उद्योग

चिलिन प्रान्तको सदरमुकाम छाङछुनमा स्थापित चीन प्रथम गाडी कम्पनीले चीनको आफ्नै गाडी निर्माण इतिहासको सुरुवात गरेको ठाउँ हो।

६० वर्षको विकासमा यस गाडी कम्पनीले चीनभरि मध्यम, भारी, हल्का, माइक्रो, यात्रुवाहक लगायत उत्पादन वस्तुहरूको संरचना बनाएको छ। साथै दक्षिण अफ्रिका, पाकिस्तान, मेक्सिको र रसिया लगायत विश्वका १४ देशहरूमा १६ ओभरसिज एसेम्बली र उत्पादन आधारहरू पनि स्थापना गरेको छ जसबाट ती मुलुकका स्थानीय रोजगारीलाई बढाइएको छ।

चीनको स्टिल फलाम उद्योग शुरू

ल्याउनिङ प्रान्तीय आनशान शहरमा रहेको आनशान स्टिल फलाम कम्पनीलाई "चीनको फलाम र स्टिल उद्योगको शुरूआत" चिनिन्छ।

सन्१९५३ देखि यता, यस कम्पनीले जम्मा गरी ८ लाख किलोमिटर लामो रेल लिग ओछ्याएको स्टिल लिगको उत्पादन गरेको छ जसबाट पृथ्वीको भूमध्य रेखालाई २० पटक गरी परिक्रमा गर्न सकिन्छ। नयाँ चीनको पहिलो सिमलेस स्टील पाइप, पहिलो स्टिल रेल लिग यहाँ उत्पादन गरिएको थियो भने त्रिघाटी जलपरियोजना, "ह्वालोङ नम्बर १" आणविक ऊर्जा विद्युत स्टेशन, हङकङ-मकाउ-चुहाइ पुल परियोजना र अन्तरिक्षयानमा पनि यस कम्पनीको उत्पादनको प्रयोग गरिएको छ।