चिप ४ गठबन्धन" शून्य सम खेल वा साझा जीत?
2022-08-20 15:08:09cri
Share with:

हालै दक्षिण कोरियाली प्रसिद्ध अर्थविद् पार्क सुङचानले "चिप ४ गठबन्धन" एक शून्य परिमाणको खेल वा साझा जीत शीर्षकको टिप्पणी लेख प्रकाशित गर्दै हाल दक्षिण कोरियाली सर्वसाधारणमाझ चर्चित अमेरिकाको नेतृत्वमा "चिप ४ गठबन्धन"बारे गहन विश्लेषण गरेका छन्।

उक्त लेखमा यसरी भनिएको छः अहिले दक्षिण कोरिया विवादमा छ । एकातिर, केही विज्ञहरू र मूल जनमतको चिन्ता छ कि यदि अमेरिकाको चिप ४ मा सामेल नहुने हो भने, अमेरिकाले यसै आधारमा दक्षिण कोरियाली (सेमिकन्डक्टर) अर्धसुचालक उद्योगमा नाकाबन्दी लगाउनसक्छ। त्यसो गर्दा दक्षिण कोरियाली अर्धसुचालक उद्योगलाई असर परेर पतन पनि हुनसक्ने छ। बाँच्न गाह्रो हुने अवस्था पनि हुनसक्छ। अर्कातिर, अमेरिकाले दक्षिण कोरिया, जापान र थाइवानलाई चिप ४ बनाउन खोज्नुको उद्देश्य चीनलाई सीमित पार्नु हो। यो नै दक्षिण कोरियाको राष्ट्रिय हित र "साझा जीत"को लक्ष्यमा अर्धसुचालक उद्योगको निरन्तर विकासको खोजीबाट फरक छ।

अगस्टको अन्त्यमा वा सेप्टेम्बरको शुरुमा आयोजना हुने चिप ४ तयारी बैठकमा भाग लिई सो बैठकको नतिजाका आधारमा चिप ४ मा सामेल गर्ने कि नगर्ने भन्ने बारे दक्षिण कोरियाले अन्तिम निर्णय गर्ने योजना छ। यसै सन्दर्भमा, अर्थविद् पार्क सुङचानले प्रस्ताव राख्दै भनेः चीनलाई सीमित पार्न खोजिएका गतिविधिहरूप्रति होसियार हुनुपर्छ। चीन-अमेरिका रणनीतिक सन्तुलन कायम राख्न विशेष ‘चिप ४ गठबन्धन’ लाई ‘चिप आपूर्ति चेनको सहयोग संवाद" सम्म परिणत गर्नु।

 

लेखको अन्त्यमा यस्तो प्रस्ताव गरिएको छ कि चिप ४ होस् वा ‘चिप र विज्ञान विधेयक’, यी दुवैबाट चीनको अर्धसुचालक उद्योगको वृद्धिको बारेमा अमेरिकाको चिन्तालाई प्रतिबिम्बित गरिन्छ। ठूला मुलुकहरूको खेलको सामना गर्दा दक्षिण कोरियाले आफ्नो राष्ट्रिय स्वार्थ के हो भनेर ध्यानपूर्वक विचार गर्नुपर्ने आवश्यकता छ।