मानिस र प्रकृति मिलन भएको सुन्दर घरबार बनाउँदै चिनियाँहरू
2022-08-20 18:58:39cri
Share with:

दशकौंदेखि चीनको सबैभन्दा ठूलो अन्तर्देशीय ताल छिङहाइ तालमा बालुवा र पानीबीचको ‘स्पर्धा’को रेकर्ड अन्तरिक्षमा घुम्ने उपग्रहले गरेको छ।

प्रकृतिको रूप पुनर्स्थापना गर्ने प्रयास छिङहाई तालमा मात्र पाइने होइन।

विगत दश वर्षमा चिनियाँहरूले पर्यावरणीय भूमिका अत्यन्त महत्त्वपूर्ण र अत्यन्त कमजोर भएका क्षेत्रहरूको दृढ संरक्षण गर्दै आएका छन्। पाण्डा र सानच्याङयुआन लगायत पाँचवटा राष्ट्रिय निकुञ्जहरू ती क्षेत्रहरूमा समेटिएका छन्। १४ वटा विश्व भूगोल पार्क र ३९ राष्ट्रिय घाँसे मैदान प्राकृतिक पार्कहरू पनि। विगत १० वर्षमा ९१९५ वटा प्राकृतिक आरक्षण क्षेत्रलाई संरक्षण गरिएको छ।

विगत १० वर्षमा, चीनमा मानिस र प्रकृतिबीचको सम्बन्धलाई पुनर्निर्माण गरिएको छ। च्याङ्सु प्रान्तीय यानछङ शहर पहिले ज्वारभाटा र क्षारयुक्त जमिनले भरिन्थ्यो। आज आएर ६०० हेक्टरभन्दा बढी क्षेत्रफल भएको हरियाली हुर्किरहेको छ। पहिले पहेँलो र कालो थोत्रो भएको मरुभूमि नखलिस्तान पानी भेटिने ठाउँ (ओएसिस) बनिसकेको छ। विगत १० वर्षमा, चीनले ७.३ करोड हेक्टरभन्दा बढी क्षेत्रफलाई रुख र घाँसले ढाकेको छ।

मानवजातिले प्रकृतिलाई राम्रो व्यवहार गर्ने हो भने प्रकृतिले पनि मानिसलाई कोसेली दिन्छ। बितेको दशकमा, १२.८ लाख प्रजाति पत्ता लगाएर ‘चिनियाँ जैविक प्रजातिहरूको सूची’मा समावेश गरिएको छ। जुन सन् २०११को तुलनामा दोब्बर भयो। साथै अन्य ३०० भन्दा बढी लोपोन्मुख प्रजातिका वन्यजन्तु र बोटबिरुवाको हुर्काई वृद्धि भएको छ।

हरियो पहाडहरू र स्वच्छ पानी सँधै साथमा रहिरहन्छ। मानव र प्रकृतिको मेलमिलाप सह-अस्तित्वको सुन्दर चित्र चिनियाँले कोरिरहेका छन्।