चालू वर्ष चीन-यूरोप रेल १०००० पटक सञ्चालित
2022-08-21 16:38:06cri
Share with:

चीन राष्ट्रिय रेलवे समूह कम्पनीबाट प्राप्त जानकारीअनुसार,  २१ तारिख चीन-यूरोप रेल(सिआन - ह्याम्बर्ग) सिआन अन्तर्राष्ट्रिय पोर्ट स्टेशनबाट प्रस्थानका साथै चालू वर्ष चीन-यूरोप रेलको कुल संख्या १० हजार पुगेको छ। यो गत वर्षको तुलनामा दश दिनअघि नै पूरा भएको हो। जसबाट यस वर्ष कुल ९७२,००० मानक बक्सको सामान पठाइएको छ,  जुन गत वर्षभन्दा ५ प्रतिशतले वृद्धि भएको छ।

 

हाल, चीन-यूरोप रेलवेका ८२ सञ्चालन मार्गहरूले २४ युरोपेली देशका २०० शहरहरू छुन सक्छन्, र यातायात सेवा नेटवर्कले सम्पूर्ण युरोपलाई समेटेको छ।