विश्व रोबर्ट सम्मेलन २०२२ पैचिङमा आयोजित
2022-08-21 16:39:18cri
Share with:

विश्व रोबोट सम्मेलन२०२२को उद्घाटन समारोह अगस्ट २० तारिख बिहान पैचिङमा आयोजित भयो। "सह-सिर्जना, शेयर, सल्लाह र साझा जीत"को विषयसूचिमा यस पटकको सम्मेलनमा मञ्च, प्रदर्शनी र प्रतियोगिता यी ३ वटा भाग एवम् सम्बद्ध श्रृंखलाबद्ध कार्यक्रम राखिएको छ। २४ अन्तर्राष्ट्रिय संस्थाहरूले यस पटकको सम्मेलनको समर्थन गरेका छन्।

 

सम्मेलनको उद्घाटन समारोह, ३ शिखर सम्मेलनहरू, ४०भन्दा बढी विशेष विषय सम्बन्धित फोरमहरू र सम्बद्ध कार्यक्रमहरू छन्। अनलाइन र अफलाइन तरिकाले स्वेदशी र विदेशी अन्तरक्रियाको रूपमा सञ्चालन गरिनेछ। १५ देश र क्षेत्रहरूका जम्मा गरी ३०० जना अतिथिहरूले भाग लिइरहेका छन्।

 

प्रदर्शनीमा १३० भन्दा बढी कम्पनीका ५०० भन्दा बढी उत्पादित वस्तु प्रदर्शन गरिँदै छ। ३० भन्दा बढी नयाँ ग्लोबल प्रिमियरहरू पनि स्थलमै सार्वजनिक गरिरहेको छ।

 

प्रतियोगितामा चार प्रमुख प्रतियोगिताहरू हुन्छन्। र लगभग ४००० रोबोर्ट प्रतिस्पर्धीहरूले प्रतिस्पर्धा गरिरहेका छन्।

सम्मेलनमा "चाइना रोबोर्ट उद्योग विकास प्रतिवेदन २०२२" र  "अग्रसर रोबोर्ट र अटोमेसन एकेडेमिक थेसिस संग्रह" लगायतका उपलब्धिहरू पनि क्रमशः जारी गरिने छ।