चिनियाँद्वारा नयाँ विद्युत शक्ति प्रणालीको पहिलो अन्तर्राष्ट्रिय मानक तय
2022-08-22 19:19:40cri
Share with:

अगष्ट २० तारिख आयोजित अन्तर्राष्ट्रिय मानकीकरण सम्मेलन २०२२ मा अन्तर्राष्ट्रिय विद्युत प्राविधिक समितिले चीनको नेतृत्वमा विश्वव्यापी पहिलो नयाँ विद्युत शक्तिको प्रणाली अन्तर्गत महत्वपूर्ण प्रविधिको अन्तर्राष्ट्रिय मानक प्रणालीको निर्माण गर्ने प्रस्ताव प्रस्तुत गरेको छ। सो मानक प्रणालीको निर्माणमार्फत नयाँ विद्युत शक्तिको प्रणालीको निर्माण र उर्जा श्रोत सफा तथा कार्बन कम बनाउन प्रबर्द्धन गरिने सम्भावना छ।

 

उक्त सम्मेलनमा अन्तर्राष्ट्रिय विद्युत प्राविधिक समितिको अन्तर्राष्ट्रिय मानक निर्माण प्रबर्द्धन केन्द्रको स्थापना गरिएको छ। सो केन्द्रले चिनियाँ विशेषज्ञद्वारा चीनको नेतृत्वमा रहने कार्बन शिखर तथा तटस्थको अन्तर्राष्ट्रिय मानक निर्माण गर्न सहयोग दिने भएको साथै नयाँ विद्युत शक्ति प्रणालीको रणनीतिक परियोजनालाई व्यावहारिक बनाउन सक्ने भएको छ।