परराष्ट्र मन्त्रालयका प्रवक्ताद्वारा चीनका लागि अमेरिकी राजदुतको गलत भनाइको खण्डन
2022-08-22 19:38:30cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले हाल चीनका लागि अमेरिकी राजदुत निकोलास बर्नसको सम्बद्ध भनाइ निराधार रहेकाले त्यस भनाइबाट अमेरिकाको प्रभुत्ववादी विचारधारा स्पष्टसँग प्रतिबिम्बित भएको बताउनुभएको छ।

 

प्रवक्ता वाङका अनुसार, एक मात्र चीन भन्ने सिद्धान्त चीनको केन्द्रीय हित हो। अरू देशको सार्वभौमिकता र भूखण्डको अक्षुण्णताको सम्मान गर्नुका साथै अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने अन्तर्राष्ट्रिय आधारभूत मापदण्डको अक्षरश: पालना गरी एक मात्र चीन भन्ने सिद्धान्त र चीन अमेरिका बीचका ३ वटा संयुक्त विज्ञप्तिको नियम भन्ने सही बाटोमा फर्केर चीनको केन्द्रीय हितलाई हानी पुर्याउने सबै भनाइ र गराइ बन्द गर्न चीनले अमेरिकालाई पुन: ताकिता गरेको कुरा पनि प्रवक्ता वाङले बताउनुभएको छ।