विश्व रोबोट सम्मेलनको रमाइलो
2022-08-22 19:23:13cri
Share with:

अगष्ट २० तारिख चाइना मिडिया ग्रुपको पैचिङ मुख्यालयले चिनियाँ विद्युत इन्स्टिच्युट, पैचिङ आर्थिक तथा सूचना विभाग र पैचिङ आर्थिक विकास क्षत्रेसँग मिलेर विश्व रोबोट सम्मेलन २०२२ मा २ घण्टासम्म रोबोटसँग मित्रता गर्ने शीर्षकमा प्रत्यक्ष प्रसारण गरेको थियो। सो कार्यक्रमले विषेश गरी “प्रदर्शनी स्थान र प्रत्यक्ष प्रसारण” उपायमार्फत श्रोताहरूलाई सयौँको सङ्ख्यामा रमाइला रोबोटहरू देखाएको छ।

 

चाइना मिडिया ग्रुपको प्रदर्शनी स्थान विश्व रोबोट सम्मेलन २०२२ को मुख्य क्षेत्रमा पर्दछ। चाइना मिडिया ग्रुपले पैचिङ हिउँदे ओलम्पिकको अल्ट्रा एचडी कार्यक्रमको प्रसारण गर्ने प्रविधि देखाएको छ।