विभिन्न मुलुकबीचको सम्बन्ध बनाउने आधार सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्ने चीनको भनाइ
2022-08-23 17:04:11cri
Share with:

संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले अगष्ट २२ तारिख “वार्ता र सहकार्यलाई बलियो बनाउने, साझा संरक्षणको सुरक्षा गर्ने” विषयक सार्वजनिक सम्मेलनको आयोजना गरेको छ। संयुक्त राष्ट्र संघस्थित चिनियाँ स्थायी प्रतिनिधि चाङ च्युनले सो सम्मेलनको अध्यक्षता गर्नुभएको छ। उहाँले एक मुलुकको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्नु विभिन्न मुलुकहरूबीचको सम्बन्ध बनाउने “सुनौलो नियम”भएको कुरा बताउनुभयो।

 

चाङ च्युनका अनुसार, “संयुक्त राष्ट्र संघ बडापत्र”का अनुसार देशको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्ने जुन महत्वपूर्ण  निमय आधुनिक अन्तर्राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय सम्बन्धको विकासका आधारशिला मानिन्छ। चीनले सधैं अरू मुलुकको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गरिरहेको र अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायलाई सुरक्षा गर्नुका साथै अन्तर्राष्ट्रिय समाजद्वारा साझा संरक्षणको लागि गर्दैआएको प्रयासलाई समर्थन गरेको छ। यसका साथै चीनले पनि आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको संरक्षणका लागि सम्पूर्ण प्रयास तथा सक्तो उपायको प्रयोग गर्ने भएको छ।