ग्रीष्म ऋतुको अन्तमा व्यस्त किसान
2022-08-23 14:16:03cri
Share with:

यस वर्षको ग्रीष्म ऋतु सकिँदैछ। त्यसैले, यस बेला शरद ऋतुको बाली भित्र्याउने समय आरम्भ भएको छ। यो किसानका लागि एक महत्त्वपूर्ण अवधि हो।

चीनको दक्षिणी क्षेत्रमा सुनौला धानका खेतहरू अनन्त समुद्र जस्तै लाग्छन्। उत्तरी भागका गाउँहरुमा हरेक परिवार बाली भित्र्याउने तयारीका लागि चामल भण्डारण गोदामको जिर्णोद्धार गर्दै छन्।