अमेरिकाको इन्डियानाका गभर्नरको थाइवान क्षेत्रको भ्रमणबारे चीनको अडान
2022-08-23 14:14:32cri
Share with:

      हाल अमेरिकाको इन्डियाना राज्यका गभर्नर होल्कोम्बे चीनको थाइवान क्षेत्रको भ्रमणमा छन्। यसप्रति चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले प्रतिक्रिया दिएका छन्।

उहाँकाअनुसार, थाइवान चीनको अविच्छिन्न भूभाग हो। थाइवान सधैँ चीन र अमेरिकाबीचको सम्बन्धको सबैभन्दा संवेदनशील तथा केन्द्रीय विषय हो। अमेरिकाले थाइवानसँग कुनै पनि रूपमा र कुनै पनि निहुँमा आधिकारिक आदान प्रदान गरेमा चीनले द्दढताका साथ विरोध गर्दछ। इन्डियानाका गभर्नरको गतिविधिका लागि अमेरिकासँग गम्भीर रूपमा आपत्ति जनाएको छ।

चीनले अमेरिकालाई एक चीन नीति र चीन अमेरिका तीन संयुक्त विज्ञप्तिलाई पालन गर्न ताकिता गरेको छ।