दौत्य सम्बन्ध स्थापनाको ३० औं वार्षिकोत्सवमा चीन र गणतन्त्र कोरियाका राष्ट्रनायकबीच शुभकामना आदानप्रदान
2022-08-24 19:37:36cri
Share with:

अगष्ट २४ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र गणतन्त्र कोरियाका राष्ट्रपति योङ सियोक यौल बीच आपसमा शुभकामना सन्देश आदानप्रदान भएको छ। दुई देशबीच दौत्य सम्बन्ध कायम भएको ३० औं वार्षिकोत्सवका अवसरमा शुभकामना आदानप्रदान भएको हो।

आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले सन् १९९२ मा दौत्य सम्बन्ध स्थापना गरिएयता राजनीतिक, आर्थिक र सांस्कृतिक सहकार्यमा दुवै देशले टडकारो प्रगति प्राप्त गरेको भन्दै दौत्य सम्बन्ध स्थापनाको ३० औं वार्षिकोत्सवलाई शुरूआत बनाएर आपसी मित्रतालाई सुदृढ पार्नुका साथै दुवै देशका लागि अझ सुमधुर भविष्यको सिर्जना गर्दै जाने र दुवै देशका जनताका लागि अझ ठूलो फाइदा पुर्याउँदै जाने आशा व्यक्त गर्नुभएको छ।

गणतन्त्र कोरियाली राष्ट्रपति यौलले आफ्नो सन्देशमा दुवै देश दौत्य सम्बन्ध स्थापनाको ३० औं वार्षिकोत्सवका लागि हार्दिक बधाई प्रकट गर्नुभएको छ।