पर्यटन ग्रामीण क्षेत्रको पुनरुत्थानको नयाँ शक्ति
2022-08-24 15:18:27cri
Share with:

    चिनियाँ कम्युनिष्ट पार्टीको १८औँ महाधिवेशनयता ग्रामीण क्षेत्रको पर्यटनबाट प्राप्त समृद्धि तथा लाभ स्पष्ट रूपमा देखिन्छ। यो ग्रामीण क्षेत्रको पुनरुत्थानको नयाँ शक्ति बनेको छ।

अगष्ट २४ तारिख चिनियाँ उप-संस्कृति तथा पर्यटन मन्त्री रुउ छ्यवानले उक्त कुरा बताउनुभएको हो।

    उहाँका अनुसार दश वर्षयता ग्रामीण पर्यटन उत्पादनहरूको आपूर्तिमा निरन्तर सुधार, पूर्वाधार प्रबन्धमा पूर्णता र गुणस्तरीय सेवा उकासिँदै आएको देखिन्छ। ग्रामीण क्षेत्रको पर्यटन सामाजिक तथा आर्थिक विकासमा सिर्जना गरिरहेको मिलिजुली लाभ बन्दै गएको स्पष्ट छ र जनताले ग्रामीण द्दश्यको अवलोकन गर्ने राम्रो शैली बनेको छ।

    सन् २०१९ मा चीनको ग्रामीण क्षेत्रले जम्मा गरी ३ अर्ब पर्यटकलाई स्वागत गरेको थियो। केही गरिब ग्रामीण क्षेत्रले पर्यटनमार्फत गरिबीबाट मुक्त हुने लक्ष्य पूरा गरेको थियो। यसमध्ये च च्याङ प्रान्तको यु गाउँ र आन ह्वी प्रान्तको सि ति गाउँ विश्वको सबैभन्दा आनन्दमयी पर्यटकीय ग्रामीण क्षेत्र बनेका छन्।