चीन दक्षिण कोरियाबीच दौत्य सम्बन्ध स्थापनाको ३०औँ वार्षिकोत्सव समारोहमा चिनियाँ परराष्ट्र मन्त्रीको सहभागिता
2022-08-25 14:42:02cri
Share with:

    चीन र दक्षिण कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको ३०औँ वार्षिकोत्सव समारोह अगष्ट २४ तारिख पेइचिङमा आयोजना गरिएको छ। चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले सो समारोहमा भाग लिँदै चीन र दक्षिण कोरियाबीचको दौत्य सम्बन्ध स्थापनाको ३०औँ वार्षिकोत्सवका लागि चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको बधाई सन्देश सुनाउनुका साथै सम्बोधन पनि गर्नुभएको छ।

 उहाँका अनुसार तीस वर्षयता यी दुइ मुलुकबीचको राजनीतिक पारस्परिक विश्वास लगातार गहन बन्दै एक आपसमा औपचारिक रुपमा रणनीतिक सहयोगात्मक साझेदारी बनेका छन्। आपसी पारस्परिक हित सहयोगात्मक उपलब्धि फलदायी भएको छ र दुईतर्फि लगानी १ खर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ। मानवीय आदानप्रदान फराकिलो देखिन्छ भने यी दुवै पक्षहरुले कोरियाली प्रायद्वीपको शान्ति तथा स्थिरताको सँरक्षण गर्न प्रयास गरिरहेका छन्। चीन र दक्षिण कोरिया भविष्यमा पनि पहिले र वर्तमानमा जस्तै असल छिमेकी, साथी तथा साझेदार रहने छन्।