अमेरिकी जीवन जुन अफगानी महिलाले पहिले सोचेकै थिइनन्
2022-08-25 17:03:36cri
Share with:

 बैठक कोठामा भतिजो रोएको सुनेर सिला दौडिएर गइन्। मेरिल्याणको घरमा दुई वर्षको भतिजोको खुट्टाको बुढी औँलामा चोट लागेको थियो र रगत बगिरहेको थियो। भुइँमा भएका स्टिजका पिनहरु उसको खुट्टामा दबेका थिए। बालबालिकाका लागि यो निकै खतरनाक रहेको सिलाले सीएनएनलाई बताएकी छन्। आफ्नो दुई वर्षको भतिजोलाई त्यहाँ हिँड्न निकै सकस भएको पनि उनले बताइन्। एक साता अगाडि आएको बाढीले कार्पेट बगाउँदा त्यसमुनि रहेका स्टिजका पिनहरु बाहिर निस्किएका हुन्। गत वर्ष मात्र काबुलबाट भागेर अमेरिका पुगेकी २३ वर्षीय सिलाले अमेरिका यस्तो छ भनेर कहिल्यै सोचेकी थिइनन्।