२५० वर्षको इतिहासमा अमेरिका ४ सय युद्धमा सहभागी
2022-08-25 17:06:57cri
Share with:

 अमेरिका हामी जति सोच्छौँ त्योभन्दा बढी युद्धको सर्जक रहेको छ। सन् २०१९ मा गरिएको अनुसन्धान अनुसार सन् १७७६ पछि अमेरिकाले ४ सयभन्दा बढी युद्ध सिर्जना गरेको छ।

यतिबेला अमेरिका कतिवटा युद्ध लडिरहेको छ भन्ने प्रश्नको जवाफ कसैले पनि दिन सक्दैनन्। सन् १९४२ मा अमेरिकी संविधान सम्मेलनले बुल्गेरिया रुमेनिया र हङ्गेरीसँगको युद्ध घोषणा गरेको थियो। त्यसपछिका ८ दशकसम्म अमेरिकाले कहीँ पनि युद्ध घोषणा गरेको छैन। यसको मतलव त्यसपछि अमेरिकाले सून्य युद्ध लडेको हो त भन्ने प्रश्न उठ्छ। इतिहासले पुष्टि गरेको छ कि अमेरिकाले यी आठ दसकमा पनि अनगिन्ती युद्ध गरेको छ। मात्र यति फरक हो अमेरिकाले युद्ध भनेर नामकरण गरेको छैन।