राष्ट्राध्यक्ष सीद्वारा पाचौं चीन अफ्रिका मिडिया सहकार्य मञ्चलाई शुभकामना
2022-08-25 18:34:49cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अगष्ट २५ तारिख पाचौं चीन अफ्रिका मिडिया सहकार्य मञ्चलाई शुभकामना दिनुभएको छ।

 

आफ्नो शुभकामना पत्रमा राष्ट्राध्यक्ष सीले चीन र अफ्रिकी मुलुकहरू भाग्यसँग जोडिएको भाग्यको एकरूपता हो भन्दै चीन र अफ्रिकाका भिडियाहरूले पारस्परिक विश्वास र सहकार्यलाई प्रबर्द्धन गर्ने, विश्व शान्तिको संरक्षण गर्ने र पृथ्वीको विकासलाई अघि बढाउने क्रममा महत्वपूर्ण कर्तव्य बहन गर्दै आएको कुरामा जोड दिनुभएको छ। आगामी दिनमा चीन र अफ्रिकाका भिडियाहरूले निरन्तर रूपमा पूरै मानव जातिको साझा मूल्यको प्रचार प्रसार गर्नुका साथै मानव जातिको भाग्य एकरूपताको स्थापनाका लागि बुद्धि र शक्तिको योगदान गर्दै जाने आशा पनि उहाँले व्यक्त गर्नुभएको छ।

 

पाचौँ चीन अफ्रिका मिडिया सहकार्य मञ्च अगष्ट २५ तारिख पैचिङमा आयोजना गरिएको हो। नयाँ अभिलाषा, नयाँ विकास र नयाँ सहकार्य भन्ने सो मञ्चको मुख्य नारा रहेको छ।