तेस्रो पक्षद्वारा चीन र भारतको सिमा मामिलामा हस्तक्षेप भएमा चीनले प्रतिरोध गर्ने
2022-08-26 17:16:50cri
Share with:

 अगष्ट २५ तारिख चिनियाँ राष्ट्र सुरक्षा मन्त्रालयको समाचार विभागका उप प्रमुख एवम् प्रवक्ता थान ख फैले आयोजित पत्रकार सम्मेलनमा चीन र भारतबीचको सिमा मामिलाबारे दुवै पक्षले प्रभावकारी सम्पर्क कामय राख्दै आएको साथै यो मामिलाको समाधान गर्नका लागि दुई मुलुकले दुवैपक्षीय वार्ता गर्ने स्वीकार गरेको बताउनुभयो।

 

प्रवक्ता थान ख फैले कुनै तेस्रो पक्षबाट कुनै उपायमार्फत चीन र भारतको सिमा मामिलामा हस्तक्षेप भएमा चीनले दृढताका साथ प्रतिरोध गर्ने पनि बताउनु भएको छ। भारतले दुवै मुलुकका नेताहरू हासिल भएको महत्वपूर्ण सहमति र सो मामिलासित सम्बन्धित निर्णयको पलना गर्नुपर्ने साथै सिमा क्षेत्रको शान्ति र स्थिरताका लागि सिमा मामिलाको समाधान गर्न दुवै पक्षीय वार्ताको प्रयोग गर्ने प्रतिबद्धताको पालना गर्नुपर्ने कुरा पनि उहाँले जोड दिनुभएको छ।