अमेरिकी व्यवसाय गतिबिबिको अधोगतिको दर तीब्र
2022-08-27 17:19:58cri
Share with:

गत मङ्गलबार जारी भएको तथ्याङ्क अनुसार अमेरिकी कम्पनीहरुको व्यावसायिक गतिबिधि तीब्र रुपमा अधोगतिमा जाँदै महामारी सुरुकै अवस्थामा पुगेको छ। चर्को ब्याजदर र उच्च मूद्रास्फितीका कारणले उपभोक्ता मारमा परेका छन्।

एस एण्ड पी ग्लोबल प्रिलिमिनरीका अनुसार अगष्ट मिहनामा पीएमआई दर ४५ मा झरेको छ। यो दर गत जुलाईमा ४७.७ रहेको थियो। व्यावसायिक क्रियाशिलताको दर अधोगतिमा जाने क्रम पनि तीब्र हुँदै नयाँ रेकर्ड सिर्जना गरेको छ। अमेरिकामा सन् २०२० को मे महिनामा व्यावसायिक क्रियाशिलता ठप्प जस्तै भएको हो। सन् २०२० को मे महिनामा अमेरिकामा पहिलोपटक कोरोना महामारीका कारण अस्थव्यस्तको अवस्था सिर्जना भएको थियो।

चालु वर्षको पाँच महिनामा क्रमशः व्यवसाय गतिबिधिको सूचि तल झरेको छ भने दोस्रो महिनामा महिनामा सबैभन्दा न्युन सूचिमा झरेको देखाएको छ।