सिन्च्याङद्वारा आधारभूत प्रबन्धको आपसी सम्पर्कबाट व्यापारिक सुविधा प्रबर्द्धन
2022-08-27 19:42:04cri
Share with:

बिगत १० वर्षयता चीनको सिन्च्याङले निरन्तर रूपमा आधारभूत प्रबन्धको आपसी सम्पर्कलाई सबल पारी ११८ वटा द्विपक्षीय अन्तर्राष्ट्रिय पारवहन बाटो खोलेको छ। यसका साथै सिन्च्याङबाट युरोप जाने एक्स्प्रेस मार्गको निर्माण कार्य सम्पन्न भएपछि कजाकस्तानको दोस्रो रेलवेसँग पनि जोडिएको छ। यसबाहेक सिन्च्याङले सीमा पार गर्ने २६ वटा अन्तर्राष्ट्रिय अप्टिकल फाइबरको निर्माण पनि गरेको छ। हालसम्म राजमार्ग, रेलवे, नागरिक विमान, पाइप सञ्जाल र टेलिकम लगायत पाँच क्षेत्रमा समेटिएको पारस्परिक सम्पर्क नेटवर्क प्रणालीको निर्माण पनि प्रारम्भिक रूपमा सम्पन्न भएको छ। चाइना मिडिया ग्रुपका सम्वाददाताले अगष्ट २७ तारिख बिहान सिन्च्याङमा आयोजित बिगत १० वर्ष सिन्च्याङ शीर्षकको प्रेस सम्मेलनबाट उक्त खबर प्राप्त गरेका हुन्।

हाल सिन्च्याङले बेल्ट एण्ड रोडका सम्बद्ध मुलुकसँगको आर्थिक र व्यापारिक आदान प्रदान तथा सहकार्यलाई सबल पार्नुका साथै २५ वटा मुलुक र अन्तर्राष्ट्रिय संगठनसित २१ किसिमका सहयोगात्मक सम्झौतामा हस्ताक्षर गरेको छ।