समस्त अमेरिका रोगको कठिन अवस्थाबाट गुज्रदै
2022-08-27 17:25:09cri
Share with:

 अगष्ट एक दिन अमेरिकी सान फ्रान्सिस्कोका पुरूष म्याकल स्टोलाले सरकारी भवन अगाडि पुगी अन्य मानिसहरूसँगै मिलेर मंकीपक्स रोगको सक्रियताका साथ प्रतिरोध गर्न सरकारलाई आह्वान गरेका थिए। केही समयअघि ती पुरूष नयाँ कोरोना महामारी संक्रमित भएका थिए। छोटो समयपछि उनले आफूलाई मंकीपक्स लागेको पत्ता लगाए। त्यो कुराले उनलाई निकै दु:खी बनाएको छ।

ती पुरूष मात्र होइन, हाल हजारौं अमेरिकीहरू नयाँ कोरोना महामारी र मंकीपक्स रोग दुवैका दु:खमा पीडित भइरहेका छन्। अमेरिकी राजनीतिज्ञहरूले चिकित्सा स्वास्थ्य प्रणालीप्रति लामो समययता चिन्ता नगरेका कारणले हालको निकै खराब अवस्था बनेको भन्दै अमेरिकी सञ्चार माध्यमले आलोचना गरेका छन्।

यसका अतिरिक्त महामारी र रोग सम्बन्धी तथ्याङ्क सङकलन, जाँचबुझ, खोपको वितरण र संक्रमितलाई उपचार गर्ने सन्दर्भमा अमेरिकी सरकारले देखाएको स्वरूप निराशा देखिन्छ। नयाँ कोरोना होस् वा मंकीपक्स रोग समस्त अमेरिकाका ५० वटा राज्यका सर्वसाधारणहरू दुःखी जीवन भोगिरहेका छन्। अमेरिकी शैलीको प्रजातन्त्र र मानव अधिकारलाई भनेको यही हो कि भनेर सबैले प्रश्न उठाउन थालेका छन्।