विदेशी विशेषज्ञलाई राष्ट्राध्यक्ष सी चिनफिङको जवाफी पत्र
2022-08-28 17:16:27cri
Share with:

हाल विदेशी भाषा प्रकाशन एजेन्सीका ५ जना विदेशी विशेषज्ञले चीनका राष्ट्राध्यक्ष सी चिनफिङलाई पत्र पठाउँदै सी चिन फिङः चीनको शासन व्यवस्था लगायतका पुस्तकको अनुवाद कार्य अवधिमा प्राप्त गहिरो अनुभवको ब्याख्या गर्नुका साथै विश्वलाई चीनबारे जानकारी गराउने कार्यमा संलग्न भएको गौरवको भावना पनि अभिव्यक्त गरेका छन्।

 

अगष्ट २५ तारिख ती विदेशी विशेषज्ञहरूले राष्ट्राध्यक्ष सीको जवाफी पत्र पाएका छन्। आफ्नो पत्रमा राष्ट्राध्यक्ष सीले विशेषज्ञहरूले निरन्तर रूपमा आफ्नो श्रेष्ठताको सदुपयोग गर्दै चीन र विदेशसँग सम्पर्क राख्ने सिपालु भाषा र उत्कृष्ट अनुवाद पुस्तकहरूमार्फत चिनियाँ कथा राम्रोसँग सुनाउनुका साथै चीन र विश्वका विभिन्न मुलुक बीचको आदान प्रदान र समझदारीलाई प्रबर्द्धन गर्न र मानव जाति भाग्यको एकरूपताको निर्माणलाई अघि बढाउनका लागि नयाँ योगदान गर्दै जाने आशा व्यक्त गर्नुभएको छ।