नेपालकी सुनमाया बुढा फ्रान्समा भएको सय किलोमिटर अल्ट्रा रेसमा दोस्रो
2022-08-28 15:51:46cri
Share with:

विश्वकै चर्चित अल्ट्रा दौड युटिएफबी विश्व च्याम्पियनसिपको सय किलोमिटर दौडमा नेपालकी सुनमाया बुढाले रजत जित्नु भएको छ। गत शुक्रबार राति फ्रान्समा सकिएको दौडमा उहाँले सय किलोमिटर दौड ११ घन्टा ४५ मिनेट ४४ सेकेन्डमा पूरा गर्नु भएको सेतोपाटी अनलाइनले लेखेको छ।

शीर्ष स्थान भने फ्रान्सकी ब्लाडिनले हात पार्नुभयो। उहाँले ११ घन्टा ४० मिनेट ५५ सेकेन्डमा दौडमा पूरा गर्नुभयो। तेस्रो स्थानमा रहेकी अमेरिकाकी अबी हलभन्दा सुनमायाले २७ मिनेट पहिले दौड पूरा गर्नुभयो। हलले १२ घन्टा १२ मिनेट ५६ सेकेन्डमा दौड जित्नुभयो।

द नर्थ फेस एडभेन्चर टिममा आबद्ध सुनमायाले यसअघि थाइल्यान्डमा भएको दौडमा भने शीर्ष स्थान हात पार्नु भएको थियो। गत बर्ष 'थाइल्यान्ड बाई युटिएमबी' अल्ट्रा दौडमा जुम्लाकी सुनमाया महिलातर्फ पहिलो हुनु भएको भयो। उहाँले १ सय १० किलोमिटर दौडतर्फ पुरूष खेलाडीहरूलाई समेत टक्कर दिनु भएको थियो।

अल्ट्रातर्फकै ठूलोमध्ये एक युटिएमबी दौडमा पुरूष र महिलातर्फ समग्र नतिजामा तेस्रो भएर देशकै इज्जत राख्नु भएको थियो।