बितेका १० वर्षदेखि चीनको महिला कार्यको उच्च गुणस्तरीय विकास
2022-08-28 17:14:35cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भन्नुभए झैं विकास गर्नका लागि लागि महिला पनि सहभागी हुनुपर्छ। विकासबाट महिला लगायत समस्त जनता लाभान्वित हुनुपर्छ। चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं महाधिवेशनयता कमरेड सी चिनफिङ केन्द्रित चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले महिला कार्यको विकासमा उच्च महत्व दिँदै आएको छ। महिलाहरू कानुन बमोजिम समान रूपमा प्रजातान्त्रिक अधिकारको प्रयोग गर्न, समान रूपमा आर्थिक र सामाजिक विकासमा भाग लिन र समान रूपमा सुधार र विकासका उपलब्धिको उपभोग गर्न सक्छन्। चीनको महिला कार्यको विकासमा ऐतिहासिक उपलब्धि प्राप्त भएको देखिन्छ।

बिगत १० वर्षदेखि स्वास्थ्य सहुलियत नीतिबाट अधिकांश महिला लाभान्वित भएका छन्। चिनियाँ महिलाको औसत आयु ८०.८८ वर्ष रहेको छ भने सन् २०२१ मा गर्भवती र सुत्केरी महिलाको मृत्यु दर पनि ठूलो परिमाणमा घटेको छ।

बितेका १० वर्षयता उच्च शिक्षा सम्बन्धी विद्यालयमा पढिरहेका महिला विद्यार्थीको अनुपात ५० प्रतिशत नाघेको छ भने समाजमा रोजगारी महिलाको अनुपातले लगातार रूपमा ४० प्रतिशतभन्दा बढी स्थान ओगट्दै आएको छ।