चीन र दक्षिण कोरियाबीचको सम्बन्धको भविष्य अझै उज्वल हुँदै जाने
2022-08-28 19:01:15cri
Share with:

अगष्ट २४ तारिख चिनियाँ परराष्ट्र मन्त्रालय र दक्षिण कोरियाको विदेश मन्त्रालयले छुट्टाछुट्टै रूपमा पैचिङ तथा सोलमा एकै समयमा दुवै मुलुकबीचको दौत्यसम्बन्ध स्थापनाको ३० औँ बार्षिकोत्सव मनाएका छन्। चीनका राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यी र दक्षिण कोरियाका विदेशी मन्त्री पार्क जिनले सो कार्यक्रममा सहभागी हुनुका साथै दुई देशका नेताहरूको बधाई सन्देश बाचन गरेर सुनाउनुभयो।

दक्षिण कोरियाका लागि चिनियाँ राजदूत स्यिङ हाइ मिङले चीन र दक्षिण कोरियाबीचको दौत्यसम्बन्ध स्थापना गर्ने कार्य र दक्षिण कोरियास्थित चिनियाँ राजदूतावासको निर्माण कार्यमा सहभागी हुनु भयो। साथै उहाँ अहिलेसम्म दक्षिण कोरियाका लागि चार पटक राजदूत भएर सबैभन्दा लामो समय कार्यभार समालिसक्नु भएको छ। उक्त कार्यक्रममा राजदूत स्यिङ हाइ मिङले चीन र दक्षिण कोरियाबीचको सहकार्य अझ घनिष्ट बन्नसक्ने कुरा बताउनुभएको छ।