सन् २०२२ मा अमेरिकामा घृणाका अपराधमा वृद्धि
2022-08-28 16:54:48cri
Share with:

सन् २०२२ को पहिलो ६ महिनामा अमेरिकाका धेरैजसो मुख्य सहरहरुमा घृणाका अपराध बढिरहेको अनुभूति गरिएको छ। यो क्यालिफोर्निया राज्य विश्वविद्यालयको घृणा तथा अतिवाद अध्ययन केन्द्रले सङ्कलन गरेको तथ्याङ्कले पुष्टि गरेको हो। 

प्रहरी कार्यालय अन्तर्गत १५ मुख्य सहरबाट सङ्कलित तथ्याङकमा ५ प्रतिशतले यस्तो अपराध वृद्धि भएको देखाएको छ। १५ वटा सहरका २ करोड ५५ लाख जनसङ्यामा सर्वेक्षण गरी उक्त तथ्याङ्क सङ्कलन गरिएको हो। विभिन्न ५२ मुख्य सहरबाट सङ्कलित वृहित नमूना तथ्याङ्कको तुलनामा अमेरिकामामा सन् २०२१ सम्ममा घृणाका अपराधमा ३० प्रतिशतले वृद्धि भएको पाइएको थियो।