बाढीप्रकोप सम्बन्धमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा पाकिस्तानी राष्ट्रपतिलाई सन्देश
2022-08-29 19:12:47cri
Share with:

अगष्ट २९ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पाकिस्तानका राष्ट्रपति अरिफ अल्वीलाई सन्देश पठाएर पाकिस्तानमा भयंकर बाढी प्रकोपप्रति सान्त्वना प्रकट गर्नुभएको छ।

 

सी चिनफिङले हाल पाकिस्तानमा गम्भीर बाढी प्रकोपबाट ठूलो हताहती र भौतिक क्षति भएको भन्दै आफूले चीन सरकार र चिनियाँ जनताको तर्फबाट र व्यक्तिगत रूपमा पीडितहरूलाई गहिरो शोक व्यक्त गर्नुका साथै पीडित परिवार, घाइते र प्रकोप क्षेत्रका सर्वसाधारणलाई हार्दिक सहानुभूति ज्ञापन गरेको बताउनुभयो।

 

सी चिनफिङले चौबीसै घण्टाको रणनीतिक सहयोग साझेदार र असल साथीको रूपमा रहेको चीन र पाकिस्तानबीच लामो समय यता आपसी सहयोग र समर्थनमा प्राकृतिक प्रकोपलगायत विभिन्न ठूला चुनौतीको संयुक्त रूपमा सामना गरिरहेको उल्लेख गर्नुभयो। यस प्रकोपपछि चीनले तत्कालै प्रतिकृया गरी पाकिस्तानलाई आवश्यक सहयोग गरिरहने सीले बताउनुभयो। पाकिस्तान सरकार र जनताको संयुक्त प्रयासमा प्रभावित क्षेत्रका सर्वसाधारणले छिटै प्रकोपलाई जितेर पारिवारिक पुनःनिर्माण गर्नसक्ने विश्वास आफूले लिएको पनि सीले व्यक्त गर्नुभयो।

 

सोही दिन चीनका प्रधानमन्त्री ली खछ्याङले पनि पाकिस्तानका प्रधानमन्त्री मुहामद शाहबाज शारिफलाई समवेदना सन्देश पठाउनुभएको छ।