आगामी सिजन हिमाल चढ्न अनुमति लिनेमा सबैभन्दा धेरै अर्जेन्टिनी
2022-08-29 15:30:55cri
Share with:

शरद ऋतुमा हिमाल चढ्न आइतबारसम्म ५ समूहका ४२ जनाले अनुमति लिएका छन्। यसरी अनुमति लिनेमा अर्जेन्टिनी नागरिक धेरै रहेका छन्। आइतबारसम्म ८ महिलासहित ४२ जनाले अनुमति लिएकोमा अर्जेन्टिनाबाट मात्र १० जनाले अनुमति लिएका छन्।

 कुल १६ वटा मुलुकका नागरिकले अनुमति लिइसकेका छन्। अर्जेन्टिनापछि दोस्रो स्थानमा अमेरिकी नागरिक रहेको पर्यटन विभागको तथ्यांकमा उल्लेख छ। अमेरिकाबाट ७ जनाले अनुमति लिइसकेको छन् । जर्मनी र स्वीडेनबाट ३÷३ जनाले अनुमति लिएको विभागको तथ्यांक छ। बेलायत, जापान, इटली, अष्ट्रेलिया, भारतबाट २/२ जनाले अनुमति लिएको विभागले जनाएको छ।

 यो सिजनका लागि हिमलुङ हिमाल (७,१२६ मि.), माउन्ट मनास्लु (८,१६३ मि. र सरिबुङ (६,३४६ मि.) हिमालका लागि आरोहण अनुमति जारी भएको छ । यी अनुमतिबाट ४४ लाख ६९ हजार ६९२ रुपैयाँ रोयल्टी संकलन भइसकेको अनलाइनखबरले जनाएको छ।