सीपीसीको बीसौँ राष्ट्रिय महाधिवेशन अक्टोबर १६ तारिख हुने, सीपीसी केन्द्रिय राजनीतिक ब्यूरो सम्मेलनको प्रस्ताव
2022-08-30 20:02:11cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय राजनीतिक ब्यूरोले अगष्ट ३० तारिख चिनियाँ कम्युनिष्ट पार्टी १९औँ केन्द्रिय समितिको सातौँ पूर्ण बैठक र चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ राष्ट्रिय महाधिवेशनको तयारी कार्यबारे छलफल गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव सी चिनफिङले सम्मेलनलाई अध्यक्षता दिनुभएको छ।

 

सम्मेलनको निर्णय अनुसार, चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ केन्द्रिय समितिको सातौँ पूर्ण बैठक सन् २०२२को अक्टोबर ९ तारिख पैचिङमा आयोजना हुनेछ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय राजनीतिक ब्यूरोले चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ केन्द्रिय समितिको पूर्ण बैठकसमक्ष चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ राष्ट्रिय महाधिवेशन सन् २०२२को अक्टोबर १६ तारिख पैचिङमा आयोजना हुने प्रस्ताव प्रस्तुत गर्नेछ।

 

हाल महाधिवेशनका विभिन्न तयारी कार्य सुचारू राख्दै महाधिवेशनको सफलताका साथ आयोजना गर्नुपर्ने सम्मेलनले उल्लेख गरेको छ।