अफगानिस्तानमा भएको त्रासदी दोहोर्‍याउन सकिँदैनः संयुक्त राष्ट्र संघका लागि चिनियाँ प्रतिनिधि
2022-08-30 15:32:02cri
Share with:

संयुक्त राष्ट्र संघका लागि चिनियाँ प्रतिनिधि चाङ च्युनले अगष्ट २९ तारिख अफगानिस्तान समस्यासम्बन्धी सुरक्षा परिषदको खुला बैठकमा विगत बीस वर्षमा अफगानिस्तानमा विदेशी सेनाहरूको विफलताबाट सैनिक हस्तक्षेप र शक्ति राजनीति सही बाटो नभएको कुरा प्रमाणित भएको भन्दै अफगानिस्तानमा भएको त्रासदी दोहोर्‍याउन नसकिने बताउनुभएको छ।

संयुक्त राष्ट्र संघका लागि चिनियाँ प्रतिनिधि चाङ च्युनले अफगानिस्तानी अस्थायी सरकारले सर्वसाधारणको जीवनको प्रत्याभूति र सुधार गर्ने, आतंकवादमाथि प्रहार गर्ने, छिमेकी मुलुकहरूसँग शान्तिपूर्ण वातावरण कायम राखेको चीनले हेर्नचाहेको बताउनुभयो। साथै उहाँले अन्तर्राष्ट्रिय समाजले अफगानिस्तानलाई शान्तिपूर्ण पुनःनिर्माण गर्न, सार्वजनिक सेवा पुनःशुरु गर्न, क्षेत्रीय र अन्तर्राष्ट्रिय आर्थिक र व्यापारिक सहयोगमा संलग्न हुन समर्थन दिनुपर्ने पनि बताउनुभयो।

चाङ च्युनकाअनुसार, चीन अफगानिस्तानको सबैभन्दा ठूलो छिमेकी मुलुक हो। चीनले अफगानिस्तानको शान्ति, स्थिरता र विकासको समर्थन दिएको, यसकोलागि सधैँ नै प्रयास गरिरहेको छ। चीनले अफगानिस्तानलाई दिएको सहायता वास्तविक हो। अफगानिस्तानलाई अन्तर्राष्ट्रिय समाजको मद्दत चाहिन्छ। विश्वलाई एक शान्तिपूर्ण, स्थिर अफगानिस्तान चाहिन्छ।