चीनद्वारा पाकिस्तानलाई उद्धार सामाग्री पठाइयो
2022-08-30 15:45:15CRI
Share with:

चीनले ३० तारिख बिहान सैन्य विमानमार्फत् पाकिस्तानलाई तीन हजार पाललगायत आपतकालीन मानवीय उद्धार सामग्री पठाएको छ। 

हालै पाकिस्तानमा भयंकर बाढी गएको छ। पाकिस्तानका अर्थमन्त्रीका अनुसार, बाढी प्रकोपबाट कम्तीमा १० लाख डलरको क्षति पुर्याइएको छ। यो रकम यस वर्षको पाकिस्तानको जीडीपीको ३ प्रतिशत बराबर छ। 

साथै चीनले पाकिस्तानलाई थप मानवीय उद्धार सामग्री पठाउने निर्णय गरेको छ।