राष्ट्राध्यक्ष सी चिनफिङद्वारा उत्कृष्ट निजामती कर्मचारी प्रतिनिधिहरूसँग भेटघाट
2022-08-30 16:44:34cri
Share with:

राष्ट्रिय “जनसेवी निजामति कर्मचारी” र “जनसेवी निजामति समूह” अवार्ड वितरण समारोह ३० तारिख बिहान पैचिङमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अवार्ड समारोहमा उपस्थित प्रतिनिधिहरूसँग भेटघाट गरी हार्दिक सद्भाव तथा बधाइ ज्ञापन गर्नुका साथै मिशन र जिम्मेवारी मनमा राखेर कार्य गर्न प्रोत्साहित गर्नुभएको छ।

 

सो अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय सचिवालयका सचिव वाङ हू निङले सम्बोधन गर्दै महासचिव सी चिनफिङले प्रतिनिधिहरूसँग भेट गर्नुभएबाट निजामती कर्मचारी दलको निर्माणमा चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी चिनफिङको उच्च ध्यान र व्यापक निजामती कर्मचारीमाथिको सौहार्द्रता देखिएको व्यक्त गर्नुभयो।