‘ट्रम्प र म सहमत छौं कि अमेरिका भनेको तेश्रो मुलुक हो’
2022-08-31 20:19:11cri
Share with:

गएको अगष्ट ८ तारिख संघीय अनुसन्धान ब्युरो एफबीआईले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित मार्-ए-लागो स्टेटमा केही कागजात फेला पारेको छ। पूर्व राष्ट्रपति ट्रम्पले छापा मारिएको प्रति तीखो प्रतिक्रिया जनाउनुभएको छ। उहाँले भन्नुभयो, ‘यस प्रकारको हमला क्षतिग्रस्त तेश्रो विश्वका मुलुकहरूमा मात्रै हुनसक्छ।’ 

ट्रम्पले निरन्तर अफसोस व्यक्त गर्दै अमेरिकामा व्यापक भ्रष्टाचार बढेको टिप्पणी पनि गर्नुभयो। उहाँले थप्नुभयो, ‘अमेरिका अब त्यस्तो भ्रष्ट देशमध्येको एक बनिसकेको छ, जो विगतमा कहिल्यै पनि देखिएको थिएन।’

ट्रम्प पुत्र डोनाल्ड ट्रम्प जुनियरले ट्वीटरमार्फत् यो हमलाबारे पुष्टि गर्नुभयो। उहाँले लेख्नुभयो, ‘यो यही देखिन्छ, तेश्रो विश्वको ‘बनाना रिपब्लिक’मा देखिने गर्थ्यो।’ 

एफबीआईले खानतलासी गरेर लगेका गोप्य दस्तावेजहरू भ्रष्टाचार बीलका साथै कुनै पनि अमेरिकी लोकतन्त्रका लागि उपयुक्त छैनन्। उहाँले भन्नुभयो, ‘कर नतिर्ने अर्बपति राष्ट्रपति हुनसक्छ। अनि त्यस्तो मुलुकमा कुटील कुलीनतन्त्रले राज गरेको हुन्छ।’

यो लेखको अंश अलजजिरा अनलाइनका लागि बेलेन फर्नान्डेजले लेख्नुभएको ‘ट्रम्प र म सहमत छौं कि अमेरिका भनेको तेश्रो मुलुक हो’ विषयक लेखबाट भावानुवाद गरिएको हो।