कोभिड-१९ नियन्त्रणमा अमेरिकाको निष्क्रियताले खराब नतिजा ल्याउनेः विदेशी मिडिया
2022-09-02 17:29:42cri
Share with:

गत फेब्रुअरीयता अमेरिकाका विभिन्न राज्यमा कोभिड-१९ नियन्त्रण गर्ने कदम क्रमशः रद्द भएका छन्। हाल अमेरिकी ह्वाइट हाउसको कोभिड-१९ सामना कार्य दलले यसै शरद ऋतुदेखि सर्वसाधारणलाई कोभिड-१९ परिक्षण गर्ने, उपचार गर्ने र खोप निःशूल्क नगर्ने तयारी गरेको जानकारी दिएको छ। कोभिड-१९ नियन्त्रण गर्न अमेरिका निष्क्रिय भएबाट देखिने खराब नतिजामा अमेरिका र बेलायतका विभिन्न मिडिया र थिङ्क थ्याङ्कले नजर पुर्याएका छन्। एक नामी प्रस्तोताले सामाजिक मिडियामा लेखेर हाल अमेरिकामा हरेक हप्ता कोभिड-१९को कारण मृत्यु हुनेको संख्या सेप्टेम्बर ११ दुर्घटनाबाट मृत्यु भएकोभन्दा बढी भएको उल्लेख गरेका छन्।  

 

बेलायतको द गार्जियन वेभसाइटले अगष्ट ३० तारिख सार्वजनिक गरेको लेख अनुसार, अमेरिकी महामारी नियन्त्रण कदम विस्तारै खुकुलो भएसँगै प्रतिरोध क्षमता कम्जोर समूहमाथि महामारीको प्रहार अझै गहिरो हुनेछ भने बुढाबुढी, बालबालिका र इम्युनिटी कम्जोर भएका समूहले मास्क नलगाउने मानिसको गतिविधिबाट मूल्य चुकाउँदैछन्।

 

गत जुलाइको अन्तमा अमेरिकी न्युयोर्क टाइम्सले रिपोर्ट गरेअनुसार, बीए-५ भाइरस फैलिएबाट अमेरिकालाई चेतावनी गरिएको छ कि कोभिड-१९ बाट सम्पूर्ण रूपमा जीवन नियन्त्रण गरिने र निष्क्रिय हुनेबीच ठूलो चुनौती देखापर्नेछ।