चिनियाँ परराष्ट्र मन्त्री र रुसी राजदूतबीच भेटवार्ता
2022-09-03 16:12:08cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्री वाङ यी र कार्यावधि पूरा भएर रुस फर्किन लाग्नुभएका राजदूत डेनिसोभबीच भेटवार्ता भएको छ। यस अवसरमा परराष्ट्र मन्त्री वाङ यीले डेनिसोभद्वारा चीनमा गरिएको उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्नुभयो।

 

उहाँका अनुसार यी दुबै मुलुकका सर्वोच्च नेताहरुबीचको रणनीतिक निर्देशनमा चीन र रुसबीचको चौतर्फी रणनीतिक सहयोग लगातार अगाडि बढ्दैगएको छ। अन्तर्राष्ट्रिय सम्बन्धको गहन समायोजन र विकासको पृष्ठभूमिमा चीन र रुसले छिमेकी मित्रता, पारस्परिक हित तथा साझा फाइदाको महत्वपूर्ण उपलब्धि, साथसाथै बलियो सहयोग आदि कारकतत्वको महत्वपूर्ण भावार्थलाई अझ गहन रुपमा महसुस गर्छन्। दुईटा नेताहरुको संयुक्त निर्देशनमा चीन र रुसले आ-आफ्ना केन्द्रीय हित संरक्षणको ग्यारेन्टी गर्दै दुई देशको विकास र पुनरुत्थानमा नयाँ योगदान गर्नसक्ने विश्वास परराष्ट्र मन्त्री वाङले गर्नुभएको छ।

 

यी दुबै पक्षले साझा अभिरुचिका मामिलाबारे वैचारिक आदानप्रदान गरेका छन्। उहाँहरुले अमेरिका लगायत पश्चिमा केही शक्तिले मानव अधिकार, लोकतन्त्रको नारा लिँदै अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कुचेष्टा अन्ततः विफल हुनेमा मतैक्यता प्रकट गर्नुभयो।