भिभोको स्मार्टफोन भी-२५ फाइभजी र भी-२५ ईको नेपालमा बुकिङ खुला, स्याउमीद्वारा दशैं छुट
2022-09-04 15:49:01cri
Share with:

स्मार्टफोन ब्रान्ड भिभोले भी-२५ सिरिजका स्मार्टफोन भी-२५ फाइभजी र भी-२५ ईको बुकिङ खुला गरेको छ। भदौ १९ देखि २२ गतेसम्म बुकिङ गरी भी-२५ फाइभजीमा भिभो नेकब्यान्ड र भी-२५ ईमा एकंर यूआई नेकब्यान्ड उपहार सुरक्षित गर्न सकिने कम्पनीले जनाएको छ।

 

दुवै स्मार्टफोनमा रंग परिर्वतन हुने ग्लास प्रविधि छ। जसले गर्दा स्मार्टफोन प्रत्यक्ष सूर्यको प्रकाशमा पर्दा रङ परिवर्तन हुन्छ। यसका साथै दुवैमा फ्लोराइड एजी ग्लास प्रयोग गरिएको छ। यी दुवैमा ६४ एमपी ओआईएस अल्ट्रा सेन्सिङ रियर क्यामेरा छ।  जसले कम प्रकाशमा पनि उत्कृष्ट तस्बिर खिच्न सक्छ।

 

भी-२५ फाइभजीमा ५० एमपी अटो फोकस पोट्र्रेट फ्रन्ट क्यामेरा छ।  भी-२५ ईमा ३२ एमपी फ्रन्ट क्यामेरा रहेको कम्पनीले जनाएको छ। दुवै स्मार्टफोनमा शक्तिशाली प्रोसेसर दिइएको छ। भी-२५ फाइभजीमा मिडियाटेक डाइमेन्सिटी ९०० प्रोसेसर प्रयोग गरिएको छ भने भी-२५ ई मा मिडिया टेक हेलियो जी-९९ प्रोसेसर प्रयोग गरिएको छ।

 

भी-२५ सिरिजका दुवै स्मार्टफोनमा शक्तिशाली ४५०० एमएएच ब्याट्री रहेको छ। जसलाई ४४ वाट फ्ल्यासचार्जले समर्थन गर्दछ। यो सिरिजका स्मार्टफोनमा ८ जीबी  र्‍याम र १२८ जीबी रोम रहेको छ। जसमा ८ जीबी एक्सटेन्डेड र्‍याम पनि रहेको हिमालप्रेसमा खबर छ।

भी-२५ फाइभजी अक्वामेरिन ब्लू र डायमण्ड ब्ल्याकमा उपलब्ध हुनेछ। यसको मूल्य ५२ हजार ९९९ रहेको कम्पनीले जनाएको छ। भी-२५ ईको मूल्य चाहिँ ४२ हजार ९९९ रुपैयाँ छ। यो स्मार्टफोन सनराइज गोल्ड र डायमण्ड ब्ल्याकमा उपलब्ध हुनेछ।

 

यसैबीच ग्लोबल टेक्नोलोजी लिडर स्याउमीले दसैंको अवसरमा आफ्ना ग्राहकहरूका लागि ‘दशमी अफर’ ल्याएको छ। एक महिना लामो दशमी क्याम्पेनमा स्याउमी फोन खरिद गर्ने जो कोहीले पनि लक्कीड्रमा प्रत्यक्ष सहभागी भई उपहारहरू जित्ने मौका पाउने छन्।

 

स्याउमीले आफ्ना प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राख्दै चाडपर्वको अवसरमा केही नयाँ किन्न चाहने ग्राहकका लागि विशेष दशमी अफर ल्याएको बताएको छ । यो क्याम्पेनअन्तर्गत एक भाग्यशाली विजेताले ‘मि’ को ४एस ६५ इन्चको टिभी, चारजनाले ‘मि’को ४३ इन्चको टीभी र दैनिक १० जना भाग्यशाली ग्राहकले बुड ३ लिट, मोसन नाइट लाइट र नेकबेण्ड प्रोमध्ये कुनै एक जित्ने मौका पाउने कारोकार अनलाइनले जनाएको छ।

 

स्याउमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले नेपालमा स्याउमी लन्च भएदेखि नै ‘मि’ फ्यानहरूबाट अप्रत्याशित माया र समर्थन पाएको बताउनुभयो।  कम्पनीका उत्पादनहरूमा उच्च मापदण्डहरू सेट गर्न सधैं प्रोत्साहित गरेको पनि उहाँको भनाइ छ।

यो अफर दराज र सस्तो डिलमा पनि लागु हुने बताइएको छ।