कृषि वस्तुको गुणस्तर सुरक्षा ऐनको संशोधन
2022-09-05 15:10:42cri
Share with:

 नयाँ संशोधित कृषि उत्पादन वस्तुको गुणस्तर सुरक्षा ऐनलाई सन् २०२३ को जनवरी १ तारिखदेखि लागु गरिने भएको छ। चीनले सन् २००६ मा कृषि उत्पादन वस्तुको गुणस्तर सुरक्षा ऐनको तर्जुमा गरेको थियो भने सन् २०१८ मा केही बुँदाको संशोधन गरिएको थियो। यस पटकको संशोधन कार्यले सर्वसाधारणको साझा विचार र कृषि उत्पादन वस्तुको सुरक्षा क्षेत्रमा मौजुद समस्याहरू बमोजिम सबैभन्दा गम्भीर मापदण्ड, सबैभन्दा गम्भीर अनुगमन, सबैभन्दा गम्भीर सजाय र सबैभन्दा गम्भीर जिम्मेवारी भन्ने चारवटा आग्रहलाई कायम राख्दै कृषि उत्पादन वस्तुको उत्पादन र कारोबार सम्बन्धी सम्पूर्ण प्रक्रियाको अनुगमन र नियन्त्रण कदमलाई पूर्णता दिलाएको छ।

 

कृषि उत्पादन वस्तुको गुणस्तर सुरक्षा कार्यको आधारभुत तहमै हुनुपर्छ। राष्ट्रिय जन कांग्रेस स्थायी समितिको आर्थिक कानून कार्यालयका प्रमुख युए चोङ मिङका अनुसार, नयाँ संशोधित कृषि उत्पादन वस्तुको गुणस्तर सुरक्षा ऐनले अवैधानिक कारवाईमाथि दण्ड सजाय दिने कानुनलाई शक्तिशाली बनाएको छ।